Wednesday, October 3, 2018

बजेट हिनामिना गर्ने वडाध्यक्षलाई जुत्ताको माला र कालो मोसो



काठमाडौँ । विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला गला लगाएका छन्। कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको किसानले आरोप लगाएका छन्।

बिनियोजित तीन लाख ५० हजारमध्ये वडाध्यक्ष धामीले ५० हजारको मात्रै बिउविजन किनेर बाँकी रकम आफूले खाएको किसानको आरोप छ। वडाध्यक्षलाई स्वागत गर्न भन्दै करिब ४० जना किसानले वडा कार्यालयमै पुगेर जुत्ताको माला र कालो मोसो दलेका हुन्। यता वडा अध्यक्षले भने आफुँले अनियमितता नगरेको दाबी गर्दै आएका छन्।

No comments:

Post a Comment