सुर्खेत– कुनै बेला अफिम खेतीका कारण सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका–९ को कालटाँडी प्रख्यात थियो । जम्मा ३२ घरधुरी भएको उक्त गाउँका अधिकांश परिवारले अफिम खेती गर्दै आएका थिए । गाउँमा अफिम खेती भएपछि प्रहरी हैरान भएको थियो र वर्षेनी खेती नष्ट गर्न पुग्ने गरेको थियो ।
तर, अहिले त्यहाँको अवस्था फेरिएको छ । वर्षेनी अफिम खेतीमाथि ‘स्टिङ अप्रेसन’ चलाउने प्रहरी अहिले पनि जाने गरेको छ । प्रहरीलाई देख्ने वित्तिकै लुक्नेहरु अहिले निर्धक्क प्रहरी अगाडि उभिन सकेका छन् ।
जनताको जीवनशैली फेरिएको छ । अहिले हरेकको घरमा अफिम होइन गाई, भैंसी, कुखुरा, बाख्रा त छदैंछन् सबैले तरकारी खेती पनि गरेका छन् ।
पर्याप्त सिंचाई लाग्ने, वीरेन्द्रनगरको नजिक रहेको, उब्जाउ जमिन भएको कालटाँडी अहिले तरकारी खेतिका लागि जिल्ला भर नै प्रख्यात बन्न पुगेको छ।
सोही स्थानका टोपबहादुर सोमैले २७ वर्ष ट्रक चलाए । १७ महिना अघि दुर्घटनामा परेका कारण उनी घाइते भए अहिले उनको दाँया खुट्टा राम्रोसँग चल्दैन। तरपनि उनले टमाटर खेती गरिरहेका छन् ।
त्यतिमात्रै होइन, उनको घरमा तरकारी खेतीका अलावा बंगुर पालन र कुखुरापालन व्यवसाय समेत छ । ‘पहिले जागिरको भरमा परिवार गुजारा गर्न बजारमा बस्ने गरेका थियौं’ उनले भने, ‘तर दुर्घटना पश्चात हामी सबै तरकारी खेती तथा अन्य व्यवसायमा लागेका छौं ।’ सोमैले नौकरी पेशा भन्दा पनि कृषि पेशामा बढी आम्दानी हुने गरेको अनुभव सुनाए । ‘मैले दुई वर्ष मात्र भयो तरकारी खेती तथा बंगुर र कुखुरापालन व्यवसाय गर्न थालेको’ उनले भने, ‘अहिले महिनाको कम्तिमा पनि ३० हजार खाना खर्च कटाएर बचत हुने गरेको छ ।’
उनले थोपा सिंचाई गर्दै टमाटर फलाएका छन् । ‘मैले तरकारी खेतिका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट आएका तालिमहरु लिएर व्यवहारमा प्रयोग गर्न सकें ।’ उनले भने, ‘अहिले मेरै बारमिा वीरेन्द्रनगरबाट वयापारी आएर साग तरकारी तथा टमाटर खरिद गरेर लैजाने गरेका छन् ।’ उनले स्थानीयका लागि टमाटर ५० प्रतिकिलो विक्री गर्ने गरेका छन् भने होलसेलमा ४० प्रतिकिलो टमाटर विक्री गर्ने गरेका छन् ।
उनकै भाइ बुहारी नाता पर्ने जैसरा सोमै पनि व्यावसायिक बन्न थालिसकेकी छिन् । उनले घरमा करिब १५० कुखुरापालन गरेकी छिन् । ७ ओटा खसी, दुई बंगुर, गाई र घरमा पसलपनि सञ्चालन गर्दै आइरहेकी छिन् । ‘गाउँमा सबैले कुखुरा पालन गर्न थालेको देखेर मैले पनि यो व्यवसाय शुरु गरेकी हुँ ।’ उनले भनिन्, ‘कुखुरा विक्री गर्न बजार गइरहनु पर्दैन, गाउँतिरको कुखुरा भएका कारण बजारका व्यापारी र स्थानीय स्तरमा पनि विक्री हुने गरेको छ । मैले कुखुराबाट मात्रै कम्तिमा महिनाको १० हजार आम्दानी गर्ने गरेकी छु ।’
उनलाई श्रीमानले पनि काममा सघाउने गरेका छन् । एक छोरा र एक छोरीका दम्पती सोमैले गाउँमा मेहनत गर्न सकेको खण्डमा विदेश जान नपर्ने उदाहरणसमेत दिईन् ।
‘पहिले हाम्रा गाउँमा अफिम खेती हुने, युवाहरु विदेश जाने गर्ने गर्थे ।’ इतिहास सम्झदैं भनिन्, ‘प्रहरी अफिम खेती नष्ट गर्न आउने डरले मनमा शान्ति हुँदैनथ्यो । तर अहिले जति पनि हाम्रो गाउँमा आउने गर्छन्, सबैले प्रशंसा गरर जाने गरेका छन् । अहिले हाम्रो गाउँबाट विदेशिनेको संख्या न्यून छ ।’

No comments:
Post a Comment