Sunday, October 7, 2018

यती एयरमा युवतीको मृत्यु भएको प्रकरण झन् रहस्यमय बन्दै: फुपुले खोलिन् मुख, के भएको थियो आखिर ?



काठमाडौं । गत असोज ५ गतेका दिन भैरहवाबाट काठमाडौँका लागि उडेको यती एयरको विमानमा एक यात्रुको मृत्यु भयो । जुन घटनाबारे एयरलाईन्सले अहिलेसम्म पनि आधिकारिक धारणा बाहिर ल्याएको छैन।

विमानमा आफ्नी फुपु र हजुरआमासँग काठमाडौँ हिँडेकी कपिलवस्तुकी ३० बर्षीया पुष्पा रायमाझीको विमान उडेको दश मिनेटमै ज्यान गएको आफन्तले बताएका छन्।

रायमाझीसँगै सिटमा रहेकी उनकी फुपुका अनुसार विमान उडेको केहि बेरमै गर्मी भएको भन्दै पुष्पा आत्तालिन थालेपछि चेक गर्दा जहाजको एसी बन्द थियो भने विमानका एयर होस्टेजहरुले समेत सहयोग माग्न थालेका थिए।

यति एयरको एटीआर ७२–५०० विमान ३५ मिनेटको उडानपछि त्रिभुवन विमानस्थलमा ल्याण्डिङ्ग भयो र पुष्पालाई सिनामंगल स्थित केएमसी अस्पताल पुर्याइयो। तर अस्पताल पुगेका आफन्तलाई चिकित्सकले औषधि चलाउनु औपचारिकता पुरा गर्ने मात्रै भएकाले आफन्तसँग सल्लाह मागेका थिए। पुष्पालाई अस्पतालले भोलिपल्ट अर्थात असोज ६ गते मृत घोषणा गर्यो।

उडिरहेको जहाज भित्र एसी बन्द हुनुनै यति एयरलायन्सको मुख्य कमजोरी भएको पुष्पाका आफन्तले बताएका छन्।

No comments:

Post a Comment