काठमाडौँ- राजविराजमा एक युवतीले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्। प्राप्त जनाकरि अनुसार कञ्चनरुप नगरपालिका–२ बरमझियाकी १८ वर्षीय रोशनी राउतले आत्महत्या गरेकी हुन्।
उनले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन्। उनको सुनिल राउतसँग ६ महिना अगाडी मात्रै विवाह भएको थियो भने उनको श्रीमान सुनिल विराटनगर–जनकपुर चल्ने बसमा सहचालक रहेका छन्।
घटना हुँदा घरमा रोशनीका सासु, ससुरा, आमा, भाइ, दिदीको छोरा थिए। उनले आत्महत्या गर्नुको कारण पत्ता लगाउन अहिले इलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गरिरहेको बुझिएको छ।
No comments:
Post a Comment