Sunday, October 7, 2018

डिएसपी रार्इ जो मध्यरातमा मात्र घुस खान्थे, अख्तियारको टोलीलार्इ सात पटक ट्वाँ पारे



असोज, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त बाैद्धका डिएसपी श्यामकुमार रार्इको घुस खाने स्टाण्डर्ड शैली रहेको खुलासा भएको छ । रार्इले मध्यरातमा मात्र घुस खाने र अाफ्नो क्षेत्रमा रेकी गरेरमात्र खाने गरेका थिए । उनको घुस खाने समय र तरिका जानकारी पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान अायोगका कर्मचारी समेत छक्क परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतका अनुसार डिएसपी राईले घुस लिनु अघि आफ्नो क्षेत्रमा रेकी गर्ने, आयोगमै रहेका साथीहरुसँग घुमाउरो तरिकाले बुझ्ने र राती १० देखि १२ बजेमात्र घुस लिने गरेका थिए। रार्इको यही तरिकाका कारण अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोली सातपटक समेत रित्तो हात फर्किएको थियो ।

No comments:

Post a Comment