काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीले दसैं र तिहारको बीचमा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । केहि मन्त्रीको कामदेखि असन्तुष्टि रहेका अोलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
अहिले प्रधानमन्त्री अोली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका लागि गृहकार्य गरिरहेको स्रोतले खबरडबलीलार्इ जानकारी दियो । ‘दुबै अध्यक्षले मन्त्रीहरूको कामको मुल्याङकन गर्नु भइरहेको छ’ नेकपाका एक नेताले खबरडबलीसँग भने ‘दसैं र तिहारको बीचमा केहि मन्त्री हटाएर केहि नयाँ मन्त्री बनाउने तयारी छ ।’
उक्त बिषयको पुष्टि हिजो मात्रै प्रचण्डले गरेका छन् । बुधबार राजधानीको बागबजारमा भएको कार्यक्रममा प्रचण्डले नेकपाका नेता योगेश भट्टरार्इलार्इ मन्त्री बनाउने बताएका थिए । सो कार्यक्रममा प्रचण्डले भनेका थिए ‘तत्कालिन एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा निर्वाचनका क्रममा भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएका थिए ।’ ‘मैले युट्युबमा हेरें, केपीजी (प्रधानमन्त्री ओली) ले योगेशजीलाई मन्त्री बनाउने भाषण गर्नुभएको रहेछ’, प्रचण्डले भने, ‘अब ओलीजी र म मिलेर योगेशजीलाई मन्त्री बनाउने बाचा पुरा गर्छौं ।’

No comments:
Post a Comment