असोज, काठमाडाैँ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा सुरू गरेको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउनेछन । राष्ट्र बैंकका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म एक जनाले साट्न सक्नेछन । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट साट्न सकिनेछ ।
No comments:
Post a Comment