Thursday, October 11, 2018

यौनसम्पर्क गर्दा स्तन लुज र योनि कालो हुन्छ ? यस्तो छ वास्तविकता

म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरूमा यौनसम्पर्क गर्दा धेरै दुख्छ, साथै स्तन पनि हल्लिन्छ । श्रीमान्ले पनि स्तन खेलाउनुहुन्छ । यसैले गर्दा हो कि मेरो स्तन लुज भएजस्तो लाग्छ । मैले सुनेअनुसार यौनसम्पर्क गर्दा योनि कालो हुनुका साथै तथा पाठेघर पनि बिग्रन्छ रे । के यो साँचो हो ?
तपाईंले नियमित रूपमा यौनसम्पर्क गरेर पर्याप्त आनन्द प्राप्त गरेको आभास पाइन्छ, जुन राम्रो कुरा हो । फरक आसनको अभ्यास पनि गर्नुहुँदो रहेछ अनि यौनांगको रंगका बारेमा यति चासो राख्नुले तपाईं आफ्नो यौन तथा यौनिकतासम्बन्धी कुरामा सचेत हुनुहुन्छ भन्ने देखिन्छ ।
परिवर्तित आसनमा यौनसम्पर्क गर्दा दुख्छ
तपाईंले के–कस्तो आसनमा यौनसम्पर्क गर्दा दुख्छ स्पष्ट रूपमा जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति भएन, तर छोटकरीमा भन्नुपर्दा विशेष गरी ती यौन आसनमा यौनसम्पर्क गर्दा दुख्छ, जसमा लिंगले प्रत्यक्ष रूपमा पाठेघरको मुखमा धक्का दिन्छ । तपाईं र तपाईंको श्रीमान्लाई पनि थाहा हुनुपर्छ कि योनिको बाहिरी एकतिहाइ भाग यौन संवेदनशील हुन्छ न कि भित्रको । यौनसम्पर्कका बेला तपाईंलाई पनि लिंग भित्रसम्म पसाइयोस् जस्तो लाग्न सक्छ, तर यहीले यौनसम्पर्क गर्दा दुख्ने कारण बन्न सक्छ

No comments:

Post a Comment