असोज, काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकाे टोली घटनापछि कञ्चनपुर पुगेर तयार पारेको प्रतिवेदनका आधारमा सरकारलाई ८ बुँदे निर्देशन दिएको हो ।आयोगले रोशनी र वविता बमलाई समेत शंकाको घेरामा राखेर अनुसन्धान गर्न सरकारलाई भनेको छ । साथै शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिएको भएपनि ल्यावमा प्रयोग भएको औजार, रसायन, भजाइनल स्वाबको सुरक्षा पर्याप्त भए नभएको पुनः विश्लेषण र जाँच गर्नुपर्ने मानवअधिकार आयोगको ठहर छ ।
प्रहरीको अनसन्धानमा विश्वसनीयता नहुँदा आम मानिस र पीडित परिवारमा निराशा बढेको भन्दै आयोगले छिटो दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
No comments:
Post a Comment