केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ ।
होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ ।
होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ ।
यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई हराइरहेका थिए ।
उनकी श्रीमती ग्रेस मेंगले होंगवेईको ज्यान खतरामा भएको आशंका जताएकी थिइन् ।
इन्टरपोल संसारभरीको पुलिस संस्थाको संगठन हो जसको नेतृत्व मेंग होंगवेईको हातमा छ ।
मेंग होंगवेई चीनको जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् र चीनका पहिलो यस्तो नागरिक हुन् जसलाई दुई वर्ष अघि इन्टरपोलको प्रमुखको पदका लागि चुनिएको छ ।a
No comments:
Post a Comment