काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ हालसम्मकै महंगो रहेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ आज ५३ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १८ रुपैयाँ ७३ पैसा छ भने विक्रिदर मूल्य १ सय १९ रुपैयाँ ३३ पैसा रहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा छ। एक यूके पाउण्डको खरिददर १५४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १५५ रुपैयाँ ७० पैसा छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रिदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३२ रुपैयाँ ३२ पैसा र विक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ।
No comments:
Post a Comment