Wednesday, October 10, 2018

तपाईलाइ थाहा छ ? कहिल्यै धनी बन्न दिंदैनन् यी ६ बानीले !

अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् ।

सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ ।

कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो ज्यानदेखि अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन् । कतिपय मानिसहरु चाहि आफ्नो सुविधाका लागि कयौं कुरा छाडेर समेत अगाडि बढिरहेका हुन्छन् ।

विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताब मा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ । तीमध्ये यहाँ ६ आनीबानीको बिषयमा बताउन गइरहेका छौ, जसलाई धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने हुन्छ ।

१, आफूलाई शंका गर्न छाड्नू

यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ ।

त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुल्झाउने कोशिश गरिराख्नुहोस् ।

२, उपयुक्त समयको प्रतिक्षा गर्नु

यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।

No comments:

Post a Comment