Thursday, October 11, 2018

आफ्नो छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभाको वास्तविकता यस्तो

असोज । गएको कार्यक्रममा विद्यालयबाट आफ्नो छोरा हराएको भन्दै शोभा खड्का नाम गरेकी महिला रुदै लाईभ कार्यक्रममा आएकी थिइन् ।
उनले रुदै आफ्नो रुदै लाईभ कार्यक्रममा आएकी लगेको भनेपछि हामीले यस विषय थप फलोअप गरेका छाैं । उनले छोराछोरीले अध्ययन गर्ने इनभेटिभ स्कुलबाट बेपत्ता भएको भने पनि उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा रहेको पाइएको छ ।
विद्यालयमा दशै बिदा शुरु भएपछि बालबालिकाका बाबु सुरेन तामाङले परिवारका अन्य सदस्यसँग पठाइदिन भनेपछि बिद्यालयले उनका काका नेमा तामाङलाई जिम्मा लगाएको थियो ।
तर पारिवारिक विवाद भएकै कारण शोभा खड्काले भने छोराछोरी आँफुलाई जिम्मा नलगाई अरुलाई जिम्मा लगाएको भन्दै बिद्यालय, प्रहरी अनि हाम्रो कार्यक्रममा समेत गुनासो गरेपछि बुधबार विद्यालयले छोराछोरी र आमालाई तीनकुने प्रहरीमा उपस्थीत गराएको थियो ।
 
छोराछोरीले भने काकासँगै नुवाकोट जाने मन गरेपछि हजुरबा हजुरआमाकै घरमा फर्किएका छन् । श्रीमान श्रिमतीबीच राम्रो सम्बन्ध नभएपछि बच्चाहरुको हेरचाह वुवालेनै गरिरहेका छन् ।
छोरा छोरी पनि आमासँंग भन्दा हजुरबा हजुर आमाँंगै बस्न रुचाउँछन् । यसरी शोभा खड्काले विद्यालयले बेपत्ता बनाएको भनि लगाएको आरोप गलत सावित भएको छ ।

No comments:

Post a Comment