Wednesday, October 10, 2018

एन्फाद्धारा साफ यु–१८ महिला फुटबलमा उप–विजेता बनेको नेपाली टिमलाई जनही ५० हजार दिने घोषणा

काठमाण्डौ, असोज २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ अन्डर १८ महिला च्याम्पियनशिपमा उप–विजेता बनेको नेपाली टिमलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।मंगलबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले हालै भुटानमा सञ्चालन भएको साफ अन्डर १८ महिला टोलीलाई उक्त रकम दिने निर्णय गरेको हो ।आइतबार फाइनलमा बंगलादेशसंग १–० ले पराजित भएको नेपाल भारतलाई पेनाल्टी सुटआकाठमाण्डौ, असोज २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ अन्डर १८ महिला च्याम्पियनशिपमा उप–विजेता बनेको नेपाली टिमलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।

मंगलबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले हालै भुटानमा सञ्चालन भएको साफ अन्डर १८ महिला टोलीलाई उक्त रकम दिने निर्णय गरेको हो ।

आइतबार फाइनलमा बंगलादेशसंग १–० ले पराजित भएको नेपाल भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो । एन्फाले गभर्नर गोल्कप, सिक्किम भारतमा कार्तिक ६–१७ सम्म हुने खेलमा ए.पी.एफ र मनाङ मस्याङ्दी क्लबलाई सहभागी गराउने निर्णय समेत गरेको छ । एन्फाले हरी रायमाझीको संयोजकत्वमा ३ महिनाको लागी पेश्की फटौट समिति समेत गठन गरेको छ । समितिमा रविन्द्र जोशी र एक जना संयोजकले मनोनित गर्ने सिए रहनेछन् ।

समितिले पेश्कि देखिएका ब्यक्ति तथा संघसंस्थालाई ३५ दिनभित्र पेश्की पछ्यौटको लागी पत्राचार गर्नेछ ।उटमा ३–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो । एन्फाले गभर्नर गोल्कप, सिक्किम भारतमा कार्तिक ६–१७ सम्म हुने खेलमा ए.पी.एफ र मनाङ मस्याङ्दी क्लबलाई सहभागी गराउने निर्णय समेत गरेको छ ।

No comments:

Post a Comment