Sunday, October 7, 2018

अन्तिम ओवरमा करनको छक्का र चौकाको वर्षा संगै नेपालले दियो यस्तो टार्गेट !



काठमाडौँ- आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत उप क्षेत्रीय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस हारेपछि ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७२ रन जोड्यो। नेपालको पालीमा दीपेन्द्रसिंह एेरीले ३०,शरद भेषावकरले ३४ र करन केसीले अविजित ४० रन बनाए। ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए।

नेपालले ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। १२ ओभरमा दुई विकेट गुमाएर ९९ रन जोडेको नेपाल त्यसपछि केही समय दबाबमा आएको थियो।नेपालले यसअघिका दुवै खेल जितेको थियो। पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपाल दोस्रोमा मलेसियाविरुद्ध ८ विकेटले विजयी भएको थियो। नेपाल दुई खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको सिंगापुरले तीन खेलबाट ६ अंक जोडेको छ।थाइल्यान्डको तीन खेलबाट पाँच अंक छ।

No comments:

Post a Comment