असाेज, काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। नेपालले आइतबार भएको आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई डिएल मेथडको आधारमा १४० रनले पराजित गरेको हो।नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो । त्यसपछि खेल प्रभावित हुँदा नेपाल डीएल मेथोडमा १४० रनले विजयी भयो । नेपाली बलरसामु थाइ ब्याट्सम्यान निरीह देखिए । यसक्रममा सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।
सन्दीपले ३ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चिएर ५ विकेट लिएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोडेको थियो । आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्याएका थिए ।
१४ बल खेलेका केसीले ४ छक्का र २ चौकाको मद्दतमा ४० रन जोडे । उनका अलावा शरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

No comments:
Post a Comment