असाेज, काठमाडौँ । बालुवा व्यवसायीबाट घुस लिने दुई प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । गत ३१ भदौमा पक्राउ परेका नौमध्ये दुई प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।आइतबार अख्तियारले महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी जवान मान सिंह रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। गिट्टी बालुवाको व्यवसाय गर्ने व्यवसायीलाई डरत्रास देखाइ विभिन्न बहानामा घुस माग गरिरहेको आरोपमा २ सहित ९ जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
अख्तियारले रोकाविरुद्ध ५ हजार र रिजालविरुद्ध दुई हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
अख्तियारले रोकाविरुद्ध ५ हजार र रिजालविरुद्ध दुई हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
No comments:
Post a Comment