विश्वमा नै बुद्धको जन्म भुमि भनेर चिनिएको पवित्र स्थल लुम्बनीमा ‘द महासिद्ध स्यान्क्चुरी फर युनर्भिसल पिस सेन्टर’ निर्माण कार्य सुरु भएको छ ।लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा अझै व्यापक रुपमा विकास गर्ने उदेश्यको साथ केन्द्र निर्माणको काम अगाडि बढाइएको हो । धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको ‘द महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस सेन्टरको निर्माणको काम लुम्बनीमा धमाधम अगाडि बढेको छ ।
विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा केन्द्र निर्माण हुन लागेको हो ।सन् २०१३ बाट अघि सारिएको अवधारणालाई सार्थक रुप दिदै रिन्पोछेले लुिम्बनीमा पृथक सोच र शैलीबाट सेन्टर निर्माणको काम अगाडि बढाउनुभएको छ ।
विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण गर्न लागिएको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशका प्रभावशाली व्यक्तिहरु भेटेर सहयोगको आग्रह गर्नुभएको बताउनुभयो ।सन २०१४ जुन १३ मा विश्व शान्ति केन्द्रको भवनको डिजाइनको औपचारिक अनावरण हङकङमा गरिएको थियो ।
२१ मे २०१६ मा केन्द्रको निर्माणस्थल लम्बिनीमा सुवर्ण कलशको स्थापना गरिएको थियो । यसैबीच गत वैशाख १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केन्द्रको सिलान्यश गरेपछि निर्माण कार्य अगाडि बढेको छ ।यस केन्द्रको निर्माण कार्यको जिम्मा केन्द्रको सिलान्यश गरेपछि निर्माण कार्य अगाडि बढेको छ ।
गैरनाफामूलक संस्था बेन्चेङ गोन्झुलेलिएको छ ।यसको डिजाइन मलेसियाको एसडि एस.डि.एन.वि.एच.डीले गरेको हो । निर्माण परियोजनाको इन्जिनियरिङ परामर्शदाताको काम भने मलेसियाकै मैनहार्डन यस।डि।एन।बि।एच।डीले गरेको छ ।स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ ।
यस केन्द्रमा एक हजार पाँच सय सिट क्षमता भएको एउटा अन्तर्रा्ष्ट्रियस्तरको कन्फरेन्स हल ९सभाकक्ष०को निर्माण गरिनेछ । यस कन्द्रभित्र सामुहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने छ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय बर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भुकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।सेन्टरमा द युनिभर्सल पिस पुस्तकालय रहनेछ ।
जसमा भगवान बुद्धले दिनुभएको ज्ञानको संकलन गरिनेछ । उहाँले दिनुभएका प्रवचन समेटिएका वा तीनमाथि गरिएका व्याख्यानहरुको संकलन भएका पुस्तकहरु संकलन गरिनेछ । बुद्धको जीवन यात्रा, उहाँले पार गनुृभएका ज्ञानका श्रंखला र कसरी जीवनमा सही ढंगले यात्रा गर्नुपर्छ भन्ने आशय भएका प्रवचहरु समेटिएका विभिन्न थाङका पेन्टिङहरु पनि संकलन गरिने उदेश्य राखिएको छ । त्यसैगरी बुद्धका अमुल्य, मुर्तिहरु, पवित्र बौद्ध धार्मिक ग्रन्थहरु र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुहरुको संग्राहालय पनि रहेनछ खबर आजको नेपाल समाचारमा खबर छ

No comments:
Post a Comment