आज घटस्थापनको दिनबाट रिलिजमा आएको बहुप्रतिक्षित फिल्म छक्का पञ्जा ३ को बिहानी शो हाउसफुल रहेको छ । करिब २ सय पर्दाबाट रिलिजमा आएको छक्का पञ्जाले हाउसफुल साय पाउँदा फस्ट डे फिल्मले बम्पर कलेक्न गर्ने अनुमान छ । फिल्म युनिट बिहानैबाट विभिन्न हल भिजिटका लागि पुगिसकेका छन् । दर्शकहरुले फिल्मलाई सकरात्मक प्रतिक्रिया दिएका छन् ।बिहानी शोमा मल्टिप्लेक्सहरुमा ९० प्रतिशत अकुपेंसी रहेको दिपक बताउँछन । उनका अनुसार बेलुकी पनि फिल्मले सत प्रतिशत अकुपेंसी पाउँने तरखरमा छ भने सिंगल स्क्रिन हलमा पनि दर्शकको उपस्थिती निकै राम्रो छ । हल भिजिटमा पुगेका दिपक भन्छन् हामीलाई हलको अकुपेंसी भन्दा पनि दर्शकहरुको सन्तुष्टीलाई ध्यान दिने गर्छौ ।
कतिपय दर्शकहरुले छक्का पञ्जा ३ अहिलेसम्मकै बेस्ट सिरिज भएकोसमेत प्रतिक्रिया दिएका छन् । अघिल्ला सिरिजमा कमेडीलाई बढि प्राथामिक दिँदा निर्माण टिमले गहन कथाबस्तु नउठाएको भन्दै आलोचना खेपेका थिए तर छक्का पञ्जा ३ हेरेपछि आलोचकहरुले पनि प्रशंसा गर्ने निश्चित छ । किनकी यस पटक फिल्ममा आधा कमेडी र आधा गहन बिषय बस्तु उठाएको छ फिल्मले ।
सरकारी स्कुलमा देखिएको बेथिती , बिकृती र राजनितीलाई छक्का पञ्जाले उठाएको छ जुन बिषय बस्तु आम नेपालीहरुले भोग्दै आएको कथा हो । दीपा श्रीले निर्देशन गरेको यस फिल्ममा दिपकराजसंगै दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी , प्रियंका कार्की , स्वस्तिमा खड्का , बर्षा राउत , संजोग कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

No comments:
Post a Comment