Thursday, October 11, 2018

पछि हटे वामदेव, काठमाडौं ७ बाट चुनाव नलड्ने

असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णयबाट पछि हटेका छन् ।

पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम तत्कालका लागि उपचुनावबाट सांसद बन्ने चाहनाबाट पछि हटेका हुन् ।

गौतमलाई सांसद बनाउन भन्दै रामवीर मानन्धरले निर्वाचन क्षेत्र खाली गर्नका लागि राजीनामा दिने घोषणा नै गरेका थिए । उनले पद छाड्न तयार रहेको भनी पार्टीमा समेत पत्र दिएका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने तयारीको विपक्षमा देखिए । प्रधानमन्त्री ओलीले आफूसँग परामर्श नै नगरी रामवीरले राजीनामा दिने घोषणा गरेको भन्दै तिब्र असन्तुष्टि जनाएका थिए ।



स्रोतका अनुसार गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै संवाद गरेका थिए । नेताहरुबाट सकारात्मक प्रतिक्रिया

No comments:

Post a Comment