Wednesday, October 10, 2018

बंगलादेशको २००४ ग्रिनेट आक्रमणा : खालिदा जियाको छोरालाई आजिवन कारावास, १९ लाई फाँसी

बंग्लादेशको एउटा अदालतले २००४ को ग्रीनेट आक्रमण घटनामा बुधबार १९ जनालाई मुत्यूदण्ड र पुर्व प्रधानमन्त्रि खालिदा जियाको छोरा तारिक रहमानसमेत १९ जनालाई आजिवन कारावासको सजाय सुनाएको छ ।
यो आक्रमणमा परी २४ मानिसहरुले ज्यान गुमाएका थिए र त्यो समय विपक्षि पार्टीका प्रमुख रहेकी शेख हसिनासहित करिब ५०० मानिसहरु घाइते भएका थिए ।
बंगलादेशको तत्कालीन प्रधानमन्त्रि हसीनालाई लक्षित गरी अगस्ट २१, २००४ मा अवामी लीगको एक र्यालीमा आक्रमण गरिएकोे थियो । हसिना यो आक्रमणमा बाचेकी थिइन भने बमको आवाजले उनको सुन्न सक्ने क्षतामा कमि आएको थियो ।
पुर्व गृह राज्यमन्त्रि लत्फोजमां बाबर ति १९ जनामा समावेश छन् जसलाई अदालतले बुधबार मुत्युदण्डको सजाय सुनाएको छ । लण्डनमा निर्वासित जिवन विताइरहेको बीएनपीका बरिष्ठ उपाध्यक्ष रहमान र १८ अन्यलाई आजीवन कारावासको सजया सुनाइएको छ ।
जाँचबुझ अनुसार, आतंककारी संगठन हरकतुल जिहाद अल इस्लामीकका आतंकवादिहरुसँग मिलरे यो हमला गराउने योजना बनाएका थिए र आक्रमणको सुनियोजित षड्यन्त्र गरेका थिए ।

No comments:

Post a Comment