काभ्रे, २४ असोज । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानस्थित कालिका माविका शिक्षक ३१ वर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ ।
आफूले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरीलाई प्रहरीले पक्राउ गरेको हो । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक वर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् । पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो ।
प्रहरीले बालिकालाई केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा पटक–पटक बलात्कार गर्दै आएका अभिभावकको आरोप छ । पहिले दुव्र्यवहारमा परेकी बालिकाकी साथीलाई समेत उनले यौन दुव्र्यवहार गरेको अभिभावकहरूले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:
Post a Comment