Wednesday, October 3, 2018

महिला भलिबल : फाइलनमा चितवन टाइगर्स र एपिएफ भिड्दै

काठमाडौँ, १७ असोज । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइलन खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ ।यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको हो । एपिएफले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलन पुगेको हो । आजै हुने पहिलो खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमीबीच खेल हुनेछ । भलिबल खेलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिएको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

No comments:

Post a Comment