Tuesday, October 2, 2018

पहिलो हाफमा नेपाल १–० ले पछाडि, दोश्रो हाफको खेल सुरु

काठमाडौं बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटलब प्रतियोगिता अन्तर्गत मंगलबार ताजकिस्तानविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ ।

२७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको हो । नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा गोल फर्काउन नसकेमा साविक विजेता नेपालको उपाधि यात्राको सुरुवात हारबाट हुनेछ । नियमित कप्तान विराज महर्जन घाइते भएपछि नीराजन खड्काले टोलीको कप्तानी सम्हालिरहेका छन् । विराजको ठाँउमा सुमन महर्जन मैदान प्रवेश गरेका थिए ।

नेपाली टोली :

विकेश कुथु विराज महर्जन (कप्तान) अनन्त तामाङ अादित्य चौधरी दीनेश राजवंशी निराजन खड्का विशाल राई तेज तामाङ सुजल श्रेष्ठ सुनील बल विमल घर्ती मगर

No comments:

Post a Comment