काठमाडौं, असोज १६ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको चुनौती नेपालले ४९ ओभर १ बल खेल्दै ७ विकेटको क्षतिमा पूरा गरेको हो । रोहितकुमार पौडेलले ९२ तथा सुन्दीप जोराले ६७ रन जोडेको नेपाली इनिङ्समा कप्तान आरिफ शेखले ३५ तथा रसिद खानले १४ बलमा अविजित रहँदै ३ छक्काको मद्दतले २७ रन बनाए ।रोहित खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।
No comments:
Post a Comment