Tuesday, October 2, 2018

६५ वर्षीय वृद्धले गरे १४ वर्षीया बालिकाको बलात्कार

बाँके। नेपालगंजमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले जबरजस्ती बलात्कार गरेको अभियोगमा ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेका गोडियाले नेपालगंज उपमहानगरपालिका–१८ लब्धवा बस्ने बोल्न नसक्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेका हुन्।

गोडिया पनि सोही स्थानमा बस्दै आएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

No comments:

Post a Comment