काठमाडौं । निजामति कर्मचारीहरु तालुक मन्त्रालयका मन्त्री लालबाबु पण्डितसँग अत्यन्तै रुष्ट थिए । तर उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गुलियो बचन दिएका छन् । एकैपटक ठूलो संख्यामा निजामति कर्मचारीलाई स्वेच्छिक अवकाश दिन अनिच्छुक देखिएतापनि राष्ट्र निर्माणमा कर्मचारीलाई हिस्सेदार बनाउने धारणा सार्वजनिक गरेका छन् । साथै उनीहरुलाई गुलियो बचन दिएका छन् । आधिकारिक ट्रेड युनियनका पदाधिकारी सहित कर्मचारी संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले घर जान होइन देश बनाउने अभियानमा सघाउन आग्रह गरेका हुन् । यो वापत राष्ट्र निर्माणको हिस्सा दिने बचन दिएका हुन् ।आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालको नेतृत्वमा गएका कर्मचारी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले एकैपटक दश हजार भन्दा बढी कर्मचारीलाई घर पठाउँदा सरकारको काम अवरुद्ध हुने बताए । लोकसेवा आयोगले त्यति ठूलो संख्यामा कर्मचारी पूर्ति गर्न धेरै समय लाग्ने भन्दै ओलीले स्वेच्छिक अवकाशप्रति अरुची प्रकट गरेका हुन् । कर्मचारीहरुसँगको छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि थिए । अर्थमन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीले भने, यति ठूलो संख्यामा कर्मचारीलाई घर अवकाश दिँदा राज्यले धान्न गाह्रो छ ।
ढुकुटी कमजोर भएको बेला यो सुबिधा दिएर पठाउँदा धान्न सकिन्छ कि सकिन्न भन्ने छलफल गर्नुपर्छ । प्रधानमन्त्रीले सरकारलाई सफल बनाउन कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् । उनले संघीय निजामति ऐन लगायतका सबै काममा आधिकारिक ट्रेड युनियनसँग सहकार्य गरिने आश्वासन समेत दिएका छन् । कर्मचारी नेताहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अपमानजनक शब्द प्रयोग गरेकोमा असन्तुष्टि जनाएका थिए ।
जवाफमा ओलीले भने ‘व्यक्तिका आ आफ्ना स्वभाव हुन्छन् । आधिकारिक ट्रेड युनियनलाई बाइपास गरिन्न । मन्त्री र तपाईहरु मिलेर काम गर्ने हो । त्यसैले कर्मचारीलाई मेरो आग्रह छ घर जानकाका लागि जोडयबल नगर्नुस्, राष्ट्र निर्माणमा सघाउनुस्।’
No comments:
Post a Comment