साउथका चर्चित नायक नागार्जुनलाई मन नपराउँनेहरु सायदै होलान् । बलिउडमा समेत आफनो अमिट छाप छोडेका नागार्जुन साउथका महंगा अनि लोकप्रिय नायक हुन् । दुई छोराहरुको बिवाह समेत गरिसकेका नागार्जुन भने अझै पनि पर्दामा आफु भन्दा कान्छी नायिकाहरुसंग रोमान्स गरिरहेका छन् ।बलिउडमा मनिषा कोइराला , श्रीदेवीजस्ता स्टार नायिकासंग बलिउडमा काम गरिसकेका नागार्जुन कलाकारमात्र नभई व्यापारी , निर्मातासमेत हुन् । करोडौ सम्पतीका मालिक समेत रहेका नागार्जुनसंग ४० करोड भन्दा बढि मुल्यको आलिशान बंगला छ भने अन्नपूर्णा स्टुडियोका मालिकसमेत रहेका उनका बिजनेशहरु पनि गनिसाध्य छैन ।
रोल्स रोयल , बीएम डब्लु , रेंज रोवर लगायतका महंगा गाडीहरुका खानी नागार्जुनसंग ३ हजार करोड भन्दा बढि सम्पत्ती रहेको बताईन्छ । बाल कलाकारको रुपमा आफनो करियर सुरु गरेका नागार्जुनको बैवाहिक जीवन खासै सुखद रहेन । दुई पटक बिवाह गरेका उनका छोराहरु नागा चैतन्य र अक्किनी अखिल पनि साउथका जल्दाबल्दा नायकको रुपमा लिईन्छ । बलिउड नायक तब्बुसंग उनको प्रेमको चर्चा पनि त्यतीबेला खुबै हुने गथ्र्यो तर नागार्जुन बैवाहिक भएको कारण तब्बुले बिवाह नगरेको बताईन्छ । भनिन्छ नागार्जुनलाई तब्बु यति माया गर्थिन् की उनले अहिलेसम्म बिवाह नै नगरी बसकेकीछिन् ।यतिबेला नागार्जुन भने बलिउडमा ‘ब्रह्मास्त्र ‘नामक फिल्मबाट कमव्याक गर्देछन् ।
No comments:
Post a Comment