
दशैं तिहार नजिकिएसंगै बजारमा थुप्रै गीतहरु सार्वजनिक हुन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका पूर्णकला बिसी र तेजु परियारको स्वरमा ‘जय दुर्गा माता’ बोलको गीत बिन्ध्यबासिनी म्युनिक कम्पनी मार्फत सार्वजनिक भएको छ । अनिल खनालको लय तथा शब्दमा “दुर्गा माता” नामक एल्बममा परदेशीएको मान्छे दशैंमा घर फर्किन नपाएको पीडालाई समेटेर गीत तयार पारिएको छ ।
बढ्दो वैदेशीक रोजगारीलाई मध्यनजर गर्दै गीतमा परदेशिएको श्रीमान र श्रीमतिको माया प्रेम र चाडवाडमा हुने शुन्यतालाई टपक्कै टिपेर नेपाली समाजको चरित्र चित्रण गरिएको छ । तिमी फर्केर आउ पैसा चाहिदैन, भन्दै पोखिएको पीडाले गितलाई थप जिवन्त बनाएको छ ।
No comments:
Post a Comment