Tuesday, October 2, 2018

आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो । ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ ।

तस्करीमा संलग्न रहेको अभियोगमा ट्याँकर चालक बाराको जितपुर सिमनाका ३८ बर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् । ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

No comments:

Post a Comment