Tuesday, October 2, 2018

घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गयो



भारतको मध्यप्रदेश राज्यको ऐतिहासिक शहर ग्वालियरमा घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । भारतीय मीडियाहरूमा प्रकाशित समाचार अनुसार घरमा सर्ट सर्किटका कारण लागेको आगोबाट फ्रिजको कम्प्रेसर पाइपमा विष्फोट हुँदा उक्त दुर्घटना भएको थियो ।

प्राप्त समाचार अनुसार उक्त विष्फोटपछि छिमेकी घरको छात भत्केको र उक्त घरमा सुतिरहेका चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५० वर्षी अंतराम सिंह परिहार, उनकी ४५ वर्षीय पत्नी उमा र उनका दुई छोरीहरू १४ वर्षीय खुशी र ११ वर्षीय कशिश रहेका छन् । परिहारका १७ वर्षीय छोरा भने उक्त घटनामा बाँच्न सफल भएका छन् ।

मृत्यु हुने दुई किशोरीहरू जिल्लास्तरका जुनियर बक्सिङ च्याम्पियन रहेको बुझिएको छ । यसमा जेठी खुशी राष्ट्रिय र कान्छी कशिश प्रदेश च्याम्पियनसिप खेल्ने तयारीमा थिइन् ।

उक्त घटनाको जांच गर्न आएको बम डिस्पोजल टोलीले लगभग दुई-तीन बजे राति सर्ट सर्किटको कारण अवकाशप्राप्त सैनिक चरण सिंहको घरमा आगो लागेको थियो । उक्त आगलागी भान्सासम्म फैलिएपछि ग्यास सिलिण्डरको पाइप जलेको र यसले फ्रिजको कम्प्रेसर पाइपभित्र रहेको ग्यासको प्रेसर बढेर विष्फोट भएको र उक्त विष्फोटले भान्सा कोठाको पर्खाल भत्किएर परिहारको छतमाथि खसेर उक्त दुर्घटना भएको थियो ।

No comments:

Post a Comment