सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ्ककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पक्टिका प्रान्तको गोमाल जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा यस हक्कानी नेटवर्कका क्रियाकलापहरु तिब्र हुदै गएको समाचारहरु आएका छन् । हक्कानी आतङ्ककारी सञ्जाल पनि तालिबान आतङ्ककारी समूहसँग नै आवद्ध रहेको छ । हक्कानी आतङ्ककारी सञ्जालले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन । रासस
No comments:
Post a Comment