Wednesday, October 3, 2018

जहाँ आफ्ना आमाहरुले नै अपाङ्ग सन्तानलाई विष खुवाएर मार्छन्



एजेन्सी । केन्याको विकट भेगमा अपाङ्गता भएका बालबालिकाको हत्या गर्न परिवारले नै तिनका आमालाई सुझाउँछन्। अपाङ्ग सन्तानलाई मार्न आफूहरूलाई दबाब दिने गरिएको ग्रामीण केन्याका ६६ प्रतिशत आमाहरूले बताएका छन्।

भर्खरै गरिएको एक अध्ययन अनुसार अपाङ्ग सन्तानलाई श्राप र बोक्सी लागेको हुनसक्ने ती अपाङ्गका आमाहरू बताउँछन्। उनीहरुले अपाङ्ग छोरा छोरीहरुलाई खानामा विष मिसाएर खुवाउने गरेको पनि अध्यनले देखाएको छ। त्यसबारे अन्तराष्ट्रिय समाचार सँस्था बीबीसीले सरकारी अधिकारीहरूको प्रतिक्रिया लिन खोज्दा कसैले बोल्न नचाहेको पनि बताईएको छ।

भिडियो हेर्नुहोस् :

No comments:

Post a Comment