Saturday, October 6, 2018

कुन राशिको प्रेम सम्बधमा कस्तो समस्या? तपाईको राशी अनुसार जान्नुहोस!!

कुन राशिको प्रेम सम्बधमा कस्तो समस्या? तपाईको राशी अनुसार जान्नुहोस!!

मेष
यस राशिका जोडिहरुको बिचमा बेला बेलामा समस्या आइरहन सक्छ । तर प्रेमी वा प्रेमीका मध्ये कुनै एकले बेलैमाथी सावधानी अथवा लचकता अपनाएमा सम्बन्धमा सुधार आउन भने खासै समय लाग्दैन ।

वृष
वृष राशि भएका ब्यक्तिहरुलाई आफ्नो बैवाहिक जिन्दगीलाई बचाउन निकै समस्या हुन सक्छ । बिषेसगरी वृष राशि भएका ब्यक्तिहरु कुनै समयमा प्रेमी प्रेमीका भएको अनुभुत गर्दछन् भने कति बेला जिवनसाथी भएको अनुभुत गर्ने गर्दछन्, यो राशिका ब्यक्तिहरु धेरैजसो अलमलमै जिवन यापन गरेको पाउन सकिन्छ ।

मिथुन
यो राशि भएका ब्यक्तिहरु प्रेममा आपसी समझदारी कामय गर्न सक्ने खालका हुन्छन् । प्रेमको बिषयमा सबैभन्दा उत्कृष्ट राशि मानिन्छ यो । यस राशिका ब्यक्ति हरुले प्रेमी प्रेमिका लाई भरपुर साथ दिन्छन् र यो राशि संगको संम्बन्ध दिर्घायु पनि हुन्छ ।

कर्कट
कर्कट राशिका ब्यक्तिहरुलाई पनि प्रेममा अनावश्यक झञ्झट र खटपट मात्र आइरहन्छ । बिषेसगरी यस राशिका मानिस हरुलाई स्वास्थ्य संबन्धी गडबडी आईरहने भएकाले यो राशिका मानिसहरु कम बोल्ने गर्दछन् । जसका कारण सम्बन्धमा समस्या आउन सक्दछ ।

सिंह
सिंह राशिका ब्यक्तिहरु संगको प्रेम नजिक हुदा मात्र सम्भव हुन्छ, टाढा रहने बित्तिकै सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ । त्यसैले यस राशिका ब्यक्ति हरु संग प्रेम सम्बन्ध चलिरहेको छ भने टाढा रहनु उचित कदापी हुदैन । सधै समिपमा रहने हरुको जोडि सफल हुने संभावना हुन्छ ।

कन्या
यस राशिका ब्यक्तिहरुको माया प्रेममा खासै उतारचढाव आउदैन । एकरुपले निश्चीन्त भएर माया गर्ने राशिमा पर्दछ कन्या राशि, कन्या राशि संगको प्रेम सम्बन्ध निकै बलियो हुने हुनाले चाहेर पनि छुटाउन सकिने अवस्था हुदैन । तर सजिलै संग आफ्नो प्रेम ब्यक्त गर्न र आफ्ना घर परिवार संग यस बिषयमा खुलेर भन्न सक्ने अवस्था हुदैन र सक्दैनन् पनि ।

तुला
तुला राशिका ब्यक्ति लाई प्रेम मा त्यति लगाव हुदैन यिनिहरु प्रेम भन्दा प्रतिष्ठा लाई धेरै महत्व दिने भएकाले प्रेममा समस्या आउन सक्ने संभावना प्रवल रहन्छ । समय समयमा यिनी हरुको घमण्ड अत्याधीक भएका कारणले नै प्रेम सम्बन्ध को अनत्य पनि हुन सक्छ तर कहिले काँही भने यस राशिका ब्यक्ति हरुमा हदै सम्म झुक्ने बानी रहेको हुन्छ ।

वृश्चिक
यस राशिका ब्यक्तिहरु प्रेमको बिषयमा अत्यन्तै गहिरो सोच र बिचारमा पुगेर मात्र निर्णय लिने गर्दछन् । अवश्यकता भन्दा धेरै सोच्ने भएकाले यस राशिका ब्यक्ति हरुले पूर्ण रुपमा प्रेम ब्यक्त गर्न सक्दैनन् । यसैकारणले पनि यस राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध खासै सफल भने देखिदैन ।

धनु
धनु राशिका ब्यक्तिहरुको सम्बन्धमा पनि बेला बेलामा समस्या आइरहन सक्छ । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।

मकर
यस राशिका मानिसहरु प्रेममा धेरै आवेगी र अहंकार पुर्ण ब्यवहार देखाउदछन् । यो राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध निकै झंझटीलो हुन जान्छ । यस राशिका पे्रमी प्रेमिका हरुमा रवाफ र दवाव देखाउने, धाक धक्कु लगाउने चलन बढी हुन्छ । त्यसैकारण सुमधुर प्रेम सम्बन्ध बढ्नुको साटो घट्दै समाप्त हुन जान्छ ।

कुम्भ
कुम्भ राशि संगको प्रेम सम्बन्ध निकै अचम्मको हुन्छ । यिनीहरुसंगको प्रेम सम्बन्ध सामान्य कारण ले प्रगाढ हुन्छ भने सामान्य कारण ले नै सम्बन्ध टुट्न सक्ने संभावना रहन्छ । प्रेममा नयांपन ल्याउने कोषिस गरिरहन्छन् भने सामान्य कारणले उतारचढाव हुने भएका कारण ले यस राशि संगको सम्बन्धमा त्यही नयाँपन प्रेम सम्बन्ध छुटाउने कारण बन्न सक्दछ ।

मीन
यस राशिका ब्यक्तिहरु प्रेमलाई आवश्यकता भन्दा बढी नै मशत्व दिन थाल्छन् । आवश्यकता भन्दा बढी महत्व दिने भएका कारण धरै जसो दुखी हुनु पर्ने अवस्था आउछ । । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।-nagariksamachar

No comments:

Post a Comment