आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।
दास्रो महिना
आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनिरहेर बसेको छु ।
तेस्रो महिना
मामु तपाइलाइ था छ ? आमा म छोरि हु,सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न ।
चौथो महिना
आमा मेरो कपालहरु प्लाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।
No comments:
Post a Comment