एजेन्सी । रास्ट्रपति भन्न साथ हामी सबैलाई लाग्छ सुबिधा सम्पन्न र सालिन महलमा बास हुन्छ तर कोहि यस्ता पनि रास्ट्रपति हुन्छन जो आफुलाई बिर्सेर जनतालाई धनि बनाउछन | सन २०१० देखि उरूग्वेका राष्ट्रपती रहदै आएका जोसे म्यूजाइका संसारका सबैभन्दा गरिब राष्ट्रपती हुन भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ ।उनि मासिक १२ लाख रूपैयाँको तलब पाउँछन् र त्यो तलबको ९० प्रतिशत रकम गरिब र साना ब्यवसायिहरूको हितमा खर्च गर्छ्न ।कतिपय मानिस उनको पहिरन र उनले उठ्नेबस्ने तरिकाको आलोचना समेत गर्छन । उनी आफ्नो रूप र पहिरनलाई त्यति महत्त्व दिदैनन । तर जोसेका लागि भने जिन्दगिमा लाउनेखाने र उठ्बस गर्ने भन्दा महत्त्वपूर्ण कुरा अरूनै छ्न । राष्ट्रपती हुनु अघि उनी टुपामारोस नामक पार्टीको लडाकु गुरिल्ला थिए । उनको पार्टिले रविनहूड्लेजस्तै जनतामारा ब्याङ्क, बन्दुक् निर्माण गर्ने कारखाना र ब्यापारिहरूबाट रूपैयाँ खोसेर गरिबहरूलाई दिन्थ्यो ।
उनले आत्मसात गरेको दर्शनले उनलाई जिवनको उद्धेश्य सम्पती कमाउनु र धनी बन्नु होइन, मुलुक र गरिबहरूको भलाईका लागि काम गर्नु हो भन्ने सिकाएको थियो । १४ बर्षे गुरिल्ला जिवनको क्रममा उनी दुइपटक जेल परे र ६ पटकसम्म हत्त्या प्रयासबाट जोगिए । २०१० मा राष्ट्रपती भए यता पनि देश र गरिब जनताका लागि उनको संघर्ष भिन्न रूपमा जारी छ ।
No comments:
Post a Comment