पोखरा । गत असोज ८ गते बेलत्कार पछि हत्या गरिएकी श्रीया सुनारको घरमा आज अचानक प्रहरी पुग्यो । प्रहरीसंगै पत्रकारको टिम पनि थयो ।
गाउँमा फेरी प्रहरी पत्रकार पुग्दा गाउँलेलाई फेरी के भयो भन्ने लाग्यो तर प्रहरी र पत्रकार श्रीयाका घरमा सहयोग हस्तान्तरण गर्न पुगेका थिए । सहयोग हस्तान्तरणको चाजोपाँजो केभसिटी मिडियाले मिलाएको थियो ।
केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको हो । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो ।
गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए ।
सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे ।

No comments:
Post a Comment