बाँके – लेनदेनको विवादमा ज्वाइँको परिवारकै सखाप हुने गरी हत्या गर्ने ससुरा १३ वर्षपछि पक्राउ परेका छन् ।
नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई आइतबार सार्वजनिक गरेको हो ।
उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सोनी दीपककै ससुरा हुन् ।
आर्थिक लेनदेन सम्बन्धी विवादमा उनले ५ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।यसअघि २३ फागुन २०६२ मा नेपालगञ्जमा व्यवसायी ३२ वर्षीय दीपकसहित ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र कामदार राम शनिच्चर चौधरीको हत्या भएको थियो ।

No comments:
Post a Comment