Monday, October 1, 2018

स्वर्गकी अप्सरा जस्ती पुर्ब राजकुमारी हिमानी शाहको जन्मदिन आज ! जन्नुहोस कति बर्ष को भइन ।




काठमाडौं – आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ ।उनी आज आफ्नो ४२ औं जन्मदिन मनाउन लागेकी छन ।उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।




उनले २५ जनवरी २००० मा पारससँग विवाह गरेकी थिइन् ।उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह रहेका छन् ।हिमानीको केही वर्ष पति पारससँगको सम्बन्धमा खटपट आएपनि पछिल्लो समय भने सम्बन्ध राम्रो भएको छ । हिमानी ट्रष्टको नामबाट समाजसेवामा र उनको सुन्दरताले पनि उनि चर्चामा छिन् । पूर्व राजपरिवारले आज कहाँ र कसरी हिमानीको जन्मोत्सव मनाउँदैछ भनेर केही जानकारी दिएको छैन् ।

No comments:

Post a Comment