Monday, October 1, 2018

निर्मला हत्या प्रकरण : एसपी विष्टका छोराले खोले यस्तो रहस्य !सी.सी.टिभी सम्मको ….

निर्मला हत्या प्रकरण बारे विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचारप्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाणबिना प्रसारण नगर्न अनुरोध गर्दछु ।’
साथै उनले आफू साउन १० गते जन्म दिन मनाउन व्यस्त रहेकाले बम दिदी बहिनीलाई नचिन्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘बम सिस्टर र मेयरको भतिजा भनिएका व्यक्तिहरु कसैलाई नचिन्ने र कुनै सम्बन्ध नरहेको । म एसपी विष्टको छोरा मात्र नभई नेपालको नागरिक र एउटा सर्वसाधारण पनि भएको नाताले प्रोफेसनल कुरालाई परिवारसँग नजोड्न अनुरोध गर्न चाहान्छु । ’
यस्तो छ एसपी विष्टका छोराले जारी गरेको आफ्नो धारणा :-
–हामीले कल्पना नै गर्न नसक्ने निन्दनिय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रचारप्रसार भएको कुरा निराधार र तथ्यहिन भ्रामक समाचार तयार गरी प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको हुनाले आधिकारिकता पूष्टी नभई प्रमाण विना प्रशारण नगर्न अनुरोध गर्न चाहन्छु ।
–साउन १० गतेका दिन मेरो जन्म दिन भएको साथै फोटोसुट गर्ने कार्यक्रम रहेकाले दिन भरी व्यस्त थिएँ र राति साथीसँग आफ्नै घरमा जन्मदिन मनाएको कुरा अवगत गराउन चाहान्छु ।
–निर्मला पन्त बहिनीले न्याय पाउनुपर्दछ र असली अपराधीले सजाय यसको लागी इन्भेस्टीगेसनका लागि प्रोसेसमा आवश्यक परेको खण्डमा इन्भेस्टीगेसन टिमलाई सहयोग गर्न सँधै तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन चाहान्छु ।

No comments:

Post a Comment