Saturday, October 6, 2018

WoW!! एक पटक हेर्नुहोस्… हाँसेरै मर्नुहुन्छ (रमाइलो भिडियो)

हेर्नुहोस् भिडियो । अन्त्यमा छ !
पछिल्लो समय नेपालमा प्र्यांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ ।
तर, कतिपय प्र्यांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् ।
यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेकोप्रति भिडियोले व्यंग्य गरेको छ ।
आज शुक्रवार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ के गर्न हुँदैन् ? यी राशि भएकालाई शुभ र अशुभ
आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटवाट मा चन्द्रग्रहण सुरु हुने समितिले जनाएके छ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुनेछ ।
कुल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ। चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ। ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ।
ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ। धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ ।
अर्थात् “सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ”, उनले भने ।
शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ। मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ।

No comments:

Post a Comment