Monday, October 1, 2018

ओलीका कार्यबाहक सहभागी कार्यक्रममै नाङ्गिए डलरवादी, बालबालिकाले खोले पोल




काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रममा बालबालिकाहरूले डलरवादीको पोख खोलेर नङ्गयाएका छन् ।

विभिन्न अधिकारका कुरा गर्दै नेपालमा हस्तक्षेप गरिरहेका डलरवादीको पोल बालबालिकाले खोल्दा सरकार भने टुलुटुलु हेरेर बसेको थियो । काठमाडौंको राष्ट्रियसभा गृहमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालअधिकारकर्मीले ‘बालबालिका सम्बन्धी विधेयक २०७५’ नै च्यातेका छन् ।

डलरवादीले अधिकारका कुरा गरेपनि विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै बालबालिकाले विधेयक च्यातेका हुन् । बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविण सिलवाल, अभियन्ता धिरज जोशी, राजाराम बस्नेत, आकृति खड्का लगायतले बिधेयकमा भएको व्यवस्थामाथि विरोध जनाएका हुन् ।

बालबालिका सम्बन्धी विधेयक २०५५ ले बालश्रमलाई बालबालिका सम्बन्धी कसुरमा पनि राखेको छैन । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल सहभागी सम्मेलनमा ‘बालिका सम्मेलन मुर्दावाद, डलरखेती बन्द गर’ लगायतका नारा लगाइएको थियो ।



संयोजक सिलवालले ‘निर्मलाको निम्ति न्यायको आवाज उठ्यो तर, तपाईंहरू किन उठ्नु भएन’ भन्दै एनजीओ आईएनजीओकर्मीलाई प्रश्न सोधेका थिए । ‘हिजो निर्मलासहितका दजनौं पीडित बालिकाहरुको पक्षमा उत्रिँदा कहाँ थियो यो समूह । कार्यबाहक प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याउन सक्नेले बालिका हत्या जस्तो जघन्य अपराध हुँदा चुइक्क बोल्नु पर्दैन ?’ सिलवालले प्रश्न गरे ।

कार्यक्रममै बालबालिका सम्बन्धी विधेयक २०७५ बारे सहसचिवलाई प्रश्न राखिएको थियो । ‘विधेयकले बालश्रमलाई बालबालिका सम्बन्धी कसुरमा पनि राखेको छैन,’ उनले भने, ‘उमेर हद पनि १४ वर्षमा झारिएको छ । यसले बालबालिकालाई श्रममा प्रयोग गर्न फुकुवा गरेको छ ।’

देशभर विदेशी इशारामा चल्ने डलरवादीको प्रभाव बढिरहेका बेला सरकार भने उनीहरूलाई सहयोग पुग्ने काम गरिरहेको देखिएको छ । बालबालिकाले नै डलरवादीलाई पहिचान गरेर विरोध जनाइरहेका बेला सरकारका कार्यबाहक प्रधानमन्त्री भने कार्यक्रममा सहभागी भएका थिए ।

No comments:

Post a Comment