Tuesday, October 2, 2018

छोरीको मृत्युको केही दिनपछि परिवारले उनको कोठाको ऐनापछाडि हेर्दा…!!



एजेन्सी। १२ वर्षकी एथिनालाई आफ्नो १३ औं जन्मदिनभन्दा केही दिनअघि अचानक टाउको दुख्छ । उनको टाउको सुन्निन थाल्छ । परिवारले उनलाई अस्पताल लिएर जान्छन् जहाँ डाक्टरले निकै डरलाग्दो कुरा सुनाउँछन् । जाँचमा थाहा हुन्छ कि एथिनालाई बोन क्यान्सर छ । १३ औं जन्मदिनको ठिक अघि यस्तो खबर थाहा पाउँदा एथिनाको धैर्यको बाँध टुट्छ । उनको किमोथेरापी सुरु गरिन्छ । अभिभावकलाई आशा थियो कि उपचारपछि उनको स्वास्थ्यमा सुधार हुनेछ तर १३ औं जन्मदिनको ठिक अघिल्लो दिन एरिनाको मृत्यु भयो ।

एथिनाको मृत्युपछि पूरा परिवार शोकमा डुब्यो । केही दिनपछि उनका अभिभावक एथिनाको कोठा सफा गर्न उनको कोठामा गए । त्यही बेला उनीहरुको ध्यान बेडरुमको एक ऐनापछाडि पर्छ । त्यहाँ एउटा लामो पत्र थियो । अभिभावकले चिने कि यो लेखाइ एथिनाको थियो । एथिनाले बिरामी भएपछि आफ्नो जीवनका सबै अनुभव बेडरुमको यो ऐनापछाडि लुकाएर राखेकी थियन् । त्यो पत्र ३ सयभन्दा धेरै शब्दको थियो ।
एथिनाले आफ्नो अनुभव लेखेर जीवन बाँच्नको लागि एक सकारात्मक सन्देश दिएकी थिइन् । एथिनालाई १२ वर्षको उमेरमा क्यान्सर भएको थियो । यसका कारण उनले आफ्नो कपाल गुमाइन्, शारीरिक बल गुमाइन् तर जीवन बाँच्ने सकारात्मक ऊर्जा सधैं कायम राखिन् । उनले मार्करले ऐनापछाडि जे लेखेकी थिइन् यसबाटै उनको हिम्मतको अनुमान सहजै लगाउन सकिन्छ ।

एथिनाले लेखेकी थिइन् ‘खुसी केवल तपाइँमा निर्भर गर्छ । जीवनको लक्ष्य सबै खुसी पाएपछि अन्त्य हुनु मात्रै होइन । जिन्दगीको हरेक दिन महत्वपूर्ण दिन हुन्छ । जिन्दगी त्यही बेला मात्र नरामे हुन्छ जब तपाइँ आफैं जिन्दगीलाई नराम्रो बनाउनुहुन्छ ।’ त्यसपछि एथिनाले परिवारको लागि लेखेकी थिइन् ‘मलाई थाहा छ कोही जाँदा कति दुःख हुन्छ । म पनि जाँदैछु । माया धेरै मुश्किलले पाइन्छ, जिन्दगीले कहिले कस्तो मोड ल्याइदिन्छ कसैलाई थाहा छैन । तर यत्ति याद राख्नुहोला केही पनि अन्त्य हुँदैन मात्रै मानिसहरु फेरिन्छन् ।’

१३ वर्षको उमेरमा छोरीको जीवनप्रतिको दृष्टिकोण देखेर उनका परिवार निकै भावुक भए । एथिनाका पिताले भने ‘उनका एक एक शब्दले हामीलाई उनीसँग बिछोडिनुको पीडा सहने शक्ति दिइरहेका थिए । उनले जाँदाजाँदै हामीलाई जिन्दगी बाँच्ने तरिका सिकाएर गइन् ।’ एथिनाका पिताले उनको पत्र सामाजिक संजालमा शेयर गरेका छन् ।

No comments:

Post a Comment