Tuesday, October 2, 2018

किन देखिन्छ मरेका मानिसहरुलाई सपनामा ? यस्तो छ कारण



जन्मसँगै मृत्यु पनि अपरिहार्य रहेको छ । जीवन र मृत्यु नै मानिसको जीवनको सबैभन्दा ठूलो सत्य हो । हरेक जन्मसँगै मृत्यु पनि अनिवार्य रहेको हुन्छ । कहिले काहिँ आफ्नो नजिकको मानिसको मृत्युले मनमा गहिरो प्रभाव पारेको हुन्छ । र तिनीहरु मृत्युपछि पनि सपनामा आइरहन्छन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् ।

पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन ।

यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ । मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् । सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् । सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

No comments:

Post a Comment