Saturday, October 6, 2018

दशैको मुखैमा २ दिनदेखि लगातार भूकम्प जान थालेपछि स्थानियबासी त्रसित , हल्लायो जिल्ला

दैलेख – लगातार दैलेखमा २ दिनदेखि लगातार भूकम्पको धक्कामहसुस गरिएको छ । दैलेख नारायण नगरपालिका १० भवानीलाई केन्द बिन्दु बनाएर आएको लगातारको भुकम्पले दैलेखबासी त्रसित भएका छन् ।
भवानीलाई केन्द बिन्दु बनाएर शुक्रबार र शनिबार लगातार ४ पटक भूकम्पको धक्का महसुस भएको छ । नारायण नगरपालिकाको वडा नं। १० भवानीलाई केन्द्रबिन्दु बनाएर पहिलो पटक शुक्रबार बिहान १२ बजेर ५३ मिनेटमा ४ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गएको थियो भने १ बजे, ३ बजेर ५ मिनेटमा र राति ९ बजेर ४५ बजे ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।
त्यस्तै सनिबार बिहान १० बजेर ५२ मिनेट जादा ४।३ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको धक्का लगातार गएपछि सदरमुकाम दैलेख बजारका स्थानीय बासिन्दा त्रसित हुनुका साथै सडक, खुला ठाँउ चौरमा भेला भएका थिए ।लगातार भूकम्पको धक्का गएपछि शनिबार जिल्ला बिपद ब्यबस्थापन समितिको आपत्तकालीन बैठक बसेको छ । वैठकले जिल्लाका सबै तहहरुलाई तयार रहन निर्देश गर्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।-nagariksamachar

No comments:

Post a Comment