Monday, October 1, 2018

यी युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

१९ वर्षकी सीनू कुमारीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।सीनू छिमेकी देश भारतको उत्तर प्रदेश र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको पेन्टीको नाम ‘रेप प्रुफ पेन्टी’ राखेको छ, यसमा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाट बचाउन सक्छ ।

यसमा ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ । यो पेन्टी स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’


पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्ने उनले बताए । पुलिसका अलावा इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको उनि बताउछिन ।


उनले यो बनाउन लगभग ४ हजार भारु खर्च भएको बताउछिन । उनले आफैंले रिसर्ज गरेर पेन्टी बनाएको बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।

No comments:

Post a Comment