देशमा पछिल्लो समयमा अपराधका घटनाहरु बढिरहेका छन् , यस्ता विभिन्न कारण मानिसहरु एक ठाउँ बाट अर्को ठाउँ सम्म जानको लागि पनि डराउनु परेको छ | हत्या,हिंशा बलात्कार,अपहरण,चोरी,लुटपाट जस्ता घटनाले समाज अनी मानिसलाई त्रसित बनाएको छ | अझै बढी मानिसहरुको भिड हुने क्षेत्रहरु सहरको भिड,बसपार्क,विभिन्न चोकहरुमा यस्ता घटनाहरु घट्ने गर्छन् |
समाजमा केहि नबुझेर केहि बुझेर पनि गलतकार्यमा लागेको पाइन्छ | यस्तै एक प्रतिनिधि घटना हो काठमाडौ नयाँ बसपार्कमा दिउसै भएको झगडा अनि सोहि झगडाले लिएको ठुलो रुप |
तेक्वान्दो खेलको लागि विदेश जान भनि बाग्लुङ्ग बाट साथि भाइ काठमाडौ आएका र खाजा खाने क्रममा एक आपसमा बिच [माफसे गर्दै] भनाभन हुनेक्रममा नजिकैको अर्को मानिसले अकस्मात रडले प्रहार गरेको भन्दै रगताम्य सरिर लिएर रुँदै कराउंदै हस्पिटल लैजान अनुरोध गर्दै एक युवकले आँफु माथि अन्याय भएको बताउछन् |
नसामा मातिएर हल्ला गरेको र सम्झाउदा उल्टै मनपरी बोलेको हुँदा बिस्तारै धकेलेको तर आँफै चिप्लिएर लडेको दोषी मानिने युवक बताउछन् | यो भनाभन हुँदा हुँदै प्रहरीले घटना संग सम्बन्धित सबैलाई नियन्त्रणमा लिन्छ |
यो एउटा प्रतिनिधि घटना हो | समाजमा यस्ता धेरै घटनाहरु छन् | घटेको तर नदेखिएको हो यस्ता घटनाहरुले हामीलाई उँधो गति तर्फ धकेल्छ र समाजमा बेथिति र असान्ती निम्त्याउछ त्यसैले सबैले गम्भीर भएर सोच्नु आबस्यक छ |
No comments:
Post a Comment