Saturday, September 29, 2018

फिल्म समीक्षाः कथा काठमाडौं

काठमाडौं अनेक सपनाको एउटा साझा पुञ्ज पनि हो । यहाँ बाँच्ने हरेक व्यक्ति विहान उठेदेखि आफ्ना सपनाको खातिर दौडन्छन् । कति साँझ विश्राम लिन्छन् । कति जागा रहन्छन् । काठमाडौं राति पनि निदाउँदैन । रातभर यहाँ थरीथरीका सपनाले झुत्ति खेल्छ ।

पढ्ने, करियर बनाउने, पैसा कमाउने, धनी बन्ने, घर-घडेरी जोड्ने, उद्यम गर्ने, कर्मचारी बन्ने, व्यपार गर्ने, राजनीति गर्ने, नेतागिरी गर्ने थरीथरीका आकंक्षाले कचौरा जस्तो यो खाल्डोभित्र प्रवेश गरेकाहरु हरेक मोड, घुम्ती हुँदै कहाँदेखि कहाँ पुग्छ, कसैले भेउ पाउन सक्दैन । त्यसैले भन्ने गरिन्छ, सपनाको शहर काठमाडौं ।तर, यहाँ सग्लो र सङ्लो सपना देख्नेहरुको मात्र भीड लाग्दैन । कुरुप स्वप्नधारीहरु पनि यही भीडमा सलबलाइरहेका हुन्छन् । निश्चल बस्नेतको फिल्म ‘लुट’मा भनिए जस्तै, ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर, साला गिद्दै गिद्दको शहर ।’

काठमाडौंको यो बखान किन पनि गरिएको हो भने अहिले शहरका सिनेमा घरहरुले काठमाडौंको कथा भनिरहेका छन् ।

शुक्रबारदेखि सार्वजनिक फिल्म ‘कथा काठमाडौं’ त्यसैको माध्याम हो । संगीता श्रेष्ठ निर्देशित यो फिल्मले काठमाडौंको कथा कसरी उँधिनेको छ त ?

No comments:

Post a Comment