Saturday, September 29, 2018

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः राजदूत होङ

१३ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् ।
जनगणतन्त्र चीन स्थापनाको ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत होङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्षको अन्तरालमा दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् ।आफैले आयोजना गरेको समारोहमा उनले बितेका ६९ वर्षमा चीनले सामाजिक र आर्थिक विकासमा फड्को मारेको चर्चा गर्दै नेपाल र चीनले समानता, पारस्परिक लाभ र सम्मानमा आधारित रहेर सहकार्य गर्दै आएको बताइन् ।
साथै चीनले नेपालको भौतिक पूर्वाधार, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, कृषि, शिक्षा तथा संस्कृति, पर्यटन, सम्पदा संरक्षणलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी पनि गराइन् । यातायात सन्जालको क्षेत्रमा पनि चिनियाँ सहयोग रहने उनले बताइन् ।
सम्बोधनको क्रममा राजदूत होङले नेपालले हालै उपहार दिएको गैंडाले दुई देशबीच सम्बन्ध बिस्तारको लागि दूतको रुपमा काम गरेको चर्चा पनि गरिन् ।
विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी थिए । कार्यक्रम नेपाल र चीनको राष्ट्रिय गानबाट सुरु गरिएको थियो 

No comments:

Post a Comment