एजेन्सी । पाकिस्तान र भारतबीचको द्वन्द्वले राष्ट्रसंघको महासभामा पनि प्रवेश गरेको छ। भारतीय विदेशमन्त्री सुषमा स्वराज पाकिस्तानमाथि आक्रामक रुपमा वर्षिन्।
उनले पाकिस्तानले आतंकवादलाई प्रसय दिएको भन्दै राष्ट्रसंघले आतंकवादको परिभाषा बदल्नुपर्नेसमेत बताइन्।
उनले भनिन्, ‘सेप्टेम्बर ११ को मास्टर माइण्ड ओसोमा विन लादेनलाई पाकिस्तानले नै लुकाएको सार्वजनिक भएको छ, तर मुम्बई आक्रमणको मास्टरमाइण्ड पाकिस्तानमा चुनाव लडिरहेको छ।’ उनले पाकिस्तानी धर्म गुरु हफि सइदलाई आतंकवादी भनेकी थिइन्।
यद्यपी पाकिस्तानले हफिजलाई आतंकवादी नभएको जिकिर गर्दै आएको छ। उनले आतंकवाद र चलवायू परिवर्तन विश्वका लागि सबैभन्दा ठूलो चुनौतीरहेको समेत बताइन्।
सुषमाले राष्ट्रसंघमा समेत पाकिस्तानको आलोचना गरेपछि यी दुई परम्परागत दुस्मन मुलुकको सम्बन्ध कुन हदसम्म खराब भएको छ भन्ने देखिएको छ।
न्यूयोर्कमै सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठक पनि भारतीय विदेशमन्त्रीका कारण असफल भएको थियो। त्यहाँ पनि भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानको आलोचना गरेकी थिइन्।
भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्कसमेत संकटमा परेको छ। भारत पाकिस्तानलाई विश्व समूदायबाट अलग्याउने प्रयासमा छ। उसले यसका लागि सार्कको विकल्पमा विमस्टेकलाई चलायामान बनाउने प्रयास गरिरहेको छ। विमस्टेकमा सार्कको पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देश छन्।
No comments:
Post a Comment